धादिङ सोसियल भोलेन्टियर नेपालको अध्यक्षमा भेषराज ठकुरी निर्वाचित

असोज १६, २०७८

धादिङ :धादिङ सोसियल भोलेन्टियर नेपालको अध्यक्षमा भेषराज ठकुरी निर्वाचित भएका छन् ।

आज धादिङबेसीमा सम्पन्न प्रथम अधिवेशनले १३ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।

जिल्लाभित्र आइपरेका दुर्घटना वा बिपत्तिहरुमा सोसियल भोलेन्टियरहरुले प्राथमिक उपचार र उद्दारको काम गर्दै आएको छ । राजमार्ग क्षेत्रमा हुने दुर्घटनादेखि ग्रामीण क्षेत्रमा हुने दुर्घटना र बिपत्तिमा सहयोग गर्दै आएको छ ।

No data was found

मन्दिर, बिधालयलगायत सार्वजनिक स्थलहरुमा बृक्षारोपण, सरसफाइ, खेलकुद आयोजनाको काम पनि गर्दै आएको छ । विभिन्न पर्वहरुको अवसर पारेर रक्तदानको आयोजना पनि गर्दै आएको छ ।

अधिवेशनको अवसरमा धादिङ जिल्लाका पहिलो एम्बुलेन्स चालक मिलन भण्डारीलाई सम्मान गरेको छ । कार्यक्रमकै अवसरमा संयुक्त एम्बुलेन्स चालक समाज धादिङमा नवनिर्वाचित कार्यसमितिलाई पनि बधाईसहित सम्मान गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

पाँच सय सात परिवारलाई धुवाँरहित चुलो

सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

यो पनि पढ्नुहोस