वायु गुणस्तर जाँच्न काठमाडौँमा यन्त्र जडान

मंसिर २५, २०८१

काठमाडौँ– काठमाडौँमा वायु प्रदूषण मापनका लागि यन्त्र जडान गर्न थालिएको छ । काठमाडौं महानगरपालिकाले महानगरका विभिन्न १८ स्थानमा उपकरण जडान कार्य शुरु गरेको हो ।

उपमेयर सुनिता डंगोलले आज बिहान काठमाडौं प्लाजास्थित केन्द्रीय कार्यालय भवनको सडकतर्फको खण्डमा उपकरण जडान गरिन् । महानगरका प्रवक्ता एवं वडा नम्बर १७ का अध्यक्ष नविन मानन्धरले छत्रपाटी निःशुल्क चिकित्सालय र वडा नम्बर २६ का अध्यक्ष तथा सुशासन समितिका संयोजक ख्यामराज तिवारीले शान्ति विद्यागृह माध्यमिक विद्यालयमा जडान गरेका छन् ।

महानगरको वातावरण व्यवस्थापन विभागले पार्टनरसिप फर हेल्दी सिटिजुसँगको सहकार्यमा महानगर क्षेत्रभर वायु गुणस्तर निगरानी गर्न उपकरण जडान कार्य शुरु गरेको जानकारी गराइएको छ । हेल्दी सिटिज ९स्वस्थ्य सहर० गैरसंक्रामक रोग र चोटपटक रोकथाम गरी जीवन बचाउन प्रतिवद्ध ७० वटा सहरहरूको विश्वव्यापी सञ्जाल हो । यो सञ्जालमा काठमाडौँ महानगर पनि सदस्य छ ।

No data was found

महानगरका अनुसार कलंकी चोक, बालाजु बाइसधारा उद्यान, थापाथलीस्थित परोपकार स्त्री तथा प्रसुति रोग अस्पताल, नयाँ बसपार्कमा रहेको महानगर प्रहरी बलको क्षेत्रीय कार्यालयमा पनि यन्त्र जडान गरिनेछ । त्यस्तै, चक्रपथको ठूलो भर्याङ, बौद्ध, रत्नराज्य माध्यमिक विद्यालय, टेकु ट्रान्सफर स्टेशन, वडा नम्बर २७ कार्यालय, पशुपति मित्र माध्यमिक विद्यालय, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी कार्यालय, वडा नम्बर ५, २३, १ र ३१ कार्यालय परिसरमा पनि जोड्ने तयारी छ ।

परियोजना प्रमुख इन्जिनियर सञ्जीव पाण्डेका अनुसार क्ल्यारिटी नोड–एस वायु गुणस्तर सेन्सरहरूले तत्काल अवस्थामा हावामा भएका पिएम २।५ को विवरण उपलब्ध गराउँछन् । यी उपकरणहरू सौर्य ऊर्जाबाट चल्छन् ।

यसबाट उत्पादन भएका तथ्याङ्कहरु उही समयमा महानगरको ड्यास बोर्डमा पठाउँछन् । उपकरणले प्रदान गरेका तथ्याङ्कलाई वेब पोर्टल र मोवाइल एप्लिकेसनका माध्यमबाट सर्वसाधारणको पहुँचमा पुर्याउने महानगरको योजना छ ।

मापन उपकरण राख्दा वायुमा धेरै धुलाका कण हुनसक्ने ठाउँ छानिएको महानगरको भनाइ छ । पिएम २.५ भनेको वायुमण्डलमा पाइने साना कण हुन् । यी कण सजिलै फोक्सोमा पुग्न सक्छन् । रक्त प्रवाहमा मिसिन सक्छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना

प्रश्नपत्र सार्वजनिक प्रकरणमा संलग्नलाई कानुनअनुसार कारबाही हुन्छ : शिक्षामन्त्री पोखरेल

नागढुंगा सुरुङमार्गको शिलालेखको विषयमा अरोप प्रत्यारोप

शिक्षा नियमावलीविरुद्ध आन्दोलनको घोषणा

बढ्यो सुन-चाँदीको भाउ

यो पनि पढ्नुहोस