आणविक क्षमता विस्तार गर्न किमको निर्देशन

राष्ट्रिय समाचार समिति

मंसिर १०, २०८३

उत्तर कोरियाली नेता किम जोङ उनले विभिन्न सैन्य प्रयोजनका लागि आणविक हतियार प्रयोग गर्न सक्ने क्षमता विस्तार गर्न निर्देशन दिनुभएको छ ।
आणविक हतियार त्याग्न नसकिने बताउँदै आएको प्योङयाङले आफ्नो आणविक नीति थप सुदृढ बनाउने सङ्केतका रूपमा किमले बुधबार आणविक हतियार अनुसन्धान केन्द्रको निरीक्षणका क्रममा यस्तो निर्देशन दिनुभएको हो ।
सरकारी सञ्चारमाध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार उहाँले आधुनिक युद्धमा सामरिक आणविक हतियारको महत्त्व र शत्रु राष्ट्रसँग सीमा जोडिएको अवस्थालाई ध्यानमा राख्दै विभिन्न सैन्य प्रयोजनमा तिनको प्रयोग गर्न सकिने क्षमता विकास गर्नुपर्ने बताउनुभयो ।
किमले आणविक नीतिलाई राज्यको सार्वभौमिकताको प्रमुख आधार बताउँदै आफ्नो आणविक क्षमता वास्तविकता बनिसकेको उल्लेख गर्नुभयो । उहाँले अमेरिकाले दक्षिण कोरियालाई आणविक शक्तिबाट चल्ने पनडुब्बी प्राप्त गर्न प्रोत्साहित गरेको आरोप पनि लगाउनुभयो ।
किमको पछिल्लो अभिव्यक्तिले अमेरिकासँगको आणविक वार्तामा उत्तर कोरियाको दृष्टिकोण परिवर्तन भएको क्युङनाम विश्वविद्यालयका प्राध्यापक लिम युल–चुलले बताउनुभयो । उहाँका अनुसार प्योङयाङले आणविक निःशस्त्रीकरणको सट्टा पारस्परिक आणविक खतरा र हतियार नियन्त्रणमा वार्ता सीमित गर्न खोजेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अगस्टमा उत्तर कोरियासँग ५७ वटा आणविक हतियार रहेको बताउनुभएको थियो । दक्षिण कोरियाको अनुमानमा प्योङयाङसँग ८० देखि १२० वटासम्म आणविक हतियार छन् ।
सन् २०१९ मा हनोई शिखर सम्मेलन कुनै सम्झौताबिना समाप्त भएपछि अमेरिका र उत्तर कोरियाबीचको आणविक वार्ता अवरुद्ध छ । ट्रम्पले किमसँग चौथो भेट गर्ने इच्छा बारम्बार व्यक्त गर्दै आउनुभएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

अमेरिकामा मुद्रास्फीति बढ्यो, ब्याजदर थप वृद्धि हुन सक्ने सङ्केत

शरद् ऋतुमा ७७ देशका आरोहीलाई हिमाल आरोहण अनुमति, ३३ करोड बढी राजश्व सङ्कलन

पहुँच विस्तारको योजनासहित प्रतिवेदन पेस गर्न लगानी कोषलाई निर्देशन

आदिवासी जनजातिको सहमतिबिना विकास आयोजना सञ्चालन गर्न नपाइने

आणविक क्षमता विस्तार गर्न किमको निर्देशन

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति