सुरक्षा गतिविधिको लाइभ नगर्न भारतीय रक्षा मन्त्रालयको निर्देशन

बैशाख २६, २०८२

काठमाडौं– भारतको रक्षा मन्त्रालयले सबै सञ्चार माध्यम, डिजिटल प्लेटफर्म तथा व्यक्तिहरूलाई सुरक्षा गतिविधिको प्रत्यक्ष प्रसारण (लाइभ कभरेज) नगर्न कडा निर्देशन जारी गरेको छ । भारत–पाकिस्तानबीच चुलिँदो तनावको सन्दर्भमा मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयले संवेदनशील तथा स्रोतमा आधारित जानकारी समयअघि सार्वजनिक हुँदा सैन्य अभियानमा असर पर्ने र नागरिकको सुरक्षामा समेत जोखिम उत्पन्न हुने जनाएको छ ।

यससँगै मन्त्रालयले कारगिल युद्ध, २६ सेप्टेम्बरको मुम्बई हमला र कन्दार विमान अपहरणजस्ता घटनाहरूको सन्दर्भ उल्लेख गर्दै, यस्ता सङ्कटको समयमा अनियन्त्रित रिपोर्टिङले गम्भीर सुरक्षा चुनौती निम्त्याएको उदाहरणका रूपमा प्रस्तुत गरेको छ ।

रक्षा मन्त्रालयले केबल टेलिभिजन नेटवर्क (रेगुलेसन) ऐनको स्मरण गराउँदै आतंकवादविरोधी अभियानको क्रममा केवल आधिकारिक स्रोतबाट प्राप्त जानकारी मात्र प्रकाशन वा प्रसारण गर्न मिल्ने स्पष्ट पारेको छ ।

मन्त्रालयले भनेको छ, ‘सबै सरोकारवालासँग आग्रह छ कि राष्ट्रको सुरक्षाका लागि उच्चतम पत्रकारिता मानक अपनाउँदै संवेदनशीलता, सतर्कता र जिम्मेवारीका साथ समाचार सम्प्रेषण गर्न सहयोग गरियोस् ।’

अन्त्यमा मन्त्रालयले सबै सञ्चार माध्यम र व्यक्तिलाई आधिकारिक सूचना सार्वजनिक नभएसम्म सुरक्षा कारबाहीसम्बन्धी विवरण गोप्य राख्न आग्रह गर्दै, राष्ट्रिय सुरक्षामा सघाउन अपिल गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई