काठमाडौं । काठमाडौंको गोङ्गबुस्थित एक होटलमा श्रीमानले श्रीमतीको हत्या गरी शव बक्स पलङभित्र लुकाएको घटना ५ दिनपछि बाहिर आएको छ। प्रहरीले हत्यामा संलग्न २८ वर्षीय सन्तोष सेन्चुरीलाई पक्राउ गरी घटनाको रहस्य खुलासा भएको हो ।
गत साउन ३० गते काठमाडौं महानगरपालिका-२६, गोङ्गबुस्थित कञ्चन कोशी होटल एण्ड लजको कोठा नम्बर २०१ मा एक महिलाको शव भेटिएको थियो। शव भेटिएपछि घटनाकाे रहस्य खुलेकाे हाे ।
यता साउन २८ गते ललिताका भाई मोतिराम विश्वकर्माले आफ्नो दिदी २७ वर्षीया ललिता बिक लामो समयसम्म सम्पर्कमा नआएपछि हराएको भनि प्रहरी बृत्त महाराजगन्जमा खोजतलासको लागी निवेदन दिएका थिए ।
घटना भएको तीन दिनपछि होटल सञ्चालक भिममाया लिङ्खाले २०१ नम्बर कोठाबाट दुर्गन्ध आएको भन्दै ३० गते राति ११ बजे प्रहरीलाई खबर गरी बोलाएकी थिइन् ।