भुटानमा हुने साफ यु-१७ महिला च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज एक कार्यक्रमका बीच नेपाली टोलीको बिदाइ गरेको हो ।
नेपाली टोलीलाई एन्फा कार्यसमिति सदस्यहरू पुरूषोत्तम थापा र विकास नारायण श्रेष्ठ, उप–महासचिव वद्री भट्टराई, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर, प्राविधिक निर्देशक हरि खड्का लगायत अन्य अधिकारीहरूले टोलीलाई बिदाई गरेका हुन् ।
अगस्ट २० देखि ३१ गतेसम्म हुने प्रतियोगिताका लागि एन्फाले २३ सदस्यीय टोली घोषणा गरिसकेको छ । प्रतियोगितामा आयोजक भूटानसहित नेपाल, भारत र बङ्गलादेश सहभागिता जनाउनेछन् । डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।
नेपालले २० अगस्टमा उपाधि दाबेदार भारतसँग खेल्दै प्रतियोगिताको शुरूवात गर्नेछ ।