ला लिगामा बार्सिलोना विजयी

भदौ १, २०८२

स्पेनिस लिग ला लिगामा साविक विजेता बार्सिलोनाले सुखद शुरूवात गरेको छ । शनिबार राति भएको खेलमा ९ खेलाडीमा समेटिएको मालोर्कालाई ३-० गोलले हराउँदै बार्सिलोनाले लिगमा उत्कृष्ट शुरूवात गरेको हो ।

इस्टाडी मालोर्का सन मोइक्समा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन राफिन्हा, फेरान टोरेस र लामिने यामालले समान एक/एक गोल गरे । खेलको सातौँ मिनेटमा लामिने यामालको क्रसमा राफिन्हाले हेडर गोल गर्दै बार्सिलोनालाई शुरूवाती अग्रता दिलाएका थिए । २३ औँ मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । ३३ औँ मिनेटमा मानु मोर्लानेस दुई पहेंलो कार्ड सहित रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि मालोर्का १० खेलाडीमा समेटिएको थियो ।

बार्सिलोनाका युवा विंगर लामिने यामाललाई फावल गरेपछि उनले दोस्रो पहेंलो कार्ड पाएका थिए । छ मिनेटपछि मालोर्काका फरवार्ड भेडात मुरिकीपनि रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि घरेलु टोली ९ खेलाडीमा समेटिएको थियो । भीएआर रिभ्युबाट उनलाई हाइ फुटको कारण कार्ड रेफ्रीले रातो कार्ड देखाएका हुन् ।

No data was found

यस्तै दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा गाभीको पासमा यामालले गोल गर्दै बार्सिलोनालाई ३-० गोलको जित दिलाएका हुन् । जितसँगै बार्सिलोनाले तीन अंक जोडेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

बागमती प्रदेशसभाको बैठक बस्दै : मुख्यमन्त्री थापाले विश्वासको मत लिने

भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

आजको मौसमः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

यो पनि पढ्नुहोस