बायर्नले जित्यो जर्मन सुपर कप

भदौ १, २०८२

जर्मनी । नयाँ खेलाडी लुइस डियाज र हेरी केनको गोलमा बायर्न म्युनिखले स्टुटगार्टलाई २-१ ले पराजित गर्दै जर्मन सुपर कप उपाधि हात पारको छ ।

क्लबमा आफ्नो पहिलो खेल खेलिरहेका डियाजले उत्कृष्ट प्रदर्शन गरे । डियाजले लिभरपुलबाट ६५.५ मिलियन पाउण्डमा बायर्नमा ४ वर्षका लागि अनुबन्ध भएका थिए । उनले ७७ औँ मिनेटमा सर्ज नाब्रीको क्रसमा हेड गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।

गोलपछि डियाजले आफ्नो पूर्व लिभरपुल सहकर्मी डियोगो जोटालाई श्रद्धाञ्जली अर्पण गर्दै जोटाको गोल सेलिब्रेसन शैली अनुकरण गरे । जोटा र उनका दाजु आन्द्रे सिल्भाको गत जुलाईमा कार दुर्घटनामा मृत्यु भएको थियो ।

खेलको १८ औँ मिनेटमा इंग्ल्यान्डका कप्तान केनले गोल गरेका थिए । इन्ज्युरी समयमा स्टुटगार्टका जेमी लेवेलिङले एक गोल फर्काए । बायर्नले सिजनको पहिलो उपाधि जित्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

ला लिगामा बार्सिलोना विजयी

भुटान जाने नेपाली टोलीकाे बिदाई

पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

अम्पायरिङ र क्रिकेट गतिविधिमा संलग्न नगराउन क्यानको निर्देशन

सूचना विभागले रोक्यो अनलाइन दर्ता र नवीकरण

सिमलताल र चरौँदीमा विपद्को सूचना दिने उपकरण जडान