काभा कप पुरूष भलिबल : श्रीलंकासँग सोझो सेटमा हारसँगै नेपाल पदकबिहीन

कार्तिक १४, २०८२

बंगलादेशमा जारी सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरूष भलिबल प्रतियोगितामा नेपालले चौथो हार ब्यहोरेको छ।

सोमबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकासँग ३-० को सोझो सेटमा पराजय भोगेको हो।

६ राष्ट्र सहभागी प्रतियोगिताको आफ्नो पाँचौ खेलमा नेपालले कमजोर खेल देखायो। नेपालमाथि श्रीलंकाले २५-१८, २५-१७ र २५-२० को जित निकाल्यो।

No data was found

यसअघि नेपालले अफगानिस्तान र तुर्कमिनिस्तानसँग पनि ३-० को सेटमा पराजय भोगेको थियो। बंगलादेशसँग ३-२ को हार ब्यहोरेको नेपालले पाँच खेल मध्ये एक खेलमा जित निकाल्ने क्रममा माल्दिभ्स ३-० को सेटले हराएको थियो।

समूह चरणमा पाँच हारसँगै नेपाल पाँचौ स्थानमा समिति रह्यो। अब नेपालले मंगलबार पाँचौ स्थानको प्लेअफमा माल्दिभ्ससँग खेल्नेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

एलआरआई स्कुलद्वारा गजुरीको क्याम्पसमा ५ लाखको अक्षयकोष स्थापना

भोटेकोशीको बाढीमा परेका १११३ जनाको शव भेटियो, ४८५८ जना सम्पर्कविहीन

रूस–युक्रेन युद्धका कारण हवाई सुरक्षामा चुनौती बढ्न सक्ने : जेलेन्स्की

‘सेतै फुलेको बुढोलाई सहयोग गर्न मलाई सम्पर्क गर्नुहोस्’ भन्दै भिडियो खिच्नेले भेट्यो बाढी प्रभावितको झापड !

उद्धार, राहत र पुनस्स्थापनाका लागि धादिङका १३ वटै स्थानीय तहले संयुक्त राहत कोष स्थापना गर्ने

यो पनि पढ्नुहोस