तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको उद्धार

कार्तिक १६, २०८२

काठमाडौं । मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका-९ तिलिचो तालको बेस क्याम्पमा अलपत्र परेका ११ जना आन्तरिक पर्यटकलाई सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।

आज बिहानि ६ बजे उनीहरुलाई उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । दुई जना चिनियाँ नागरिक र १३ जना नेपाली गरी जम्मा १५ जना पर्यटक हिमपातको कारण तिलिचो तालको बेस क्याम्पमा अलपत्र परेको खबर प्राप्त भएकोमा दुई चिनियाँ र ११ नेपाली गरी १३ जना मात्र फेला परेको सशस्त्रले जनाएको छ ।

उद्धार गरिएका मध्ये एक जना महिला बिरामी छन् । एक जना पुरुषको खुट्टामा चोट लागेको छ भने सबै जनामा अक्सिजन लेबल कम रहेको पाइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सामूहिकखेती पद्धतिलाई प्रोत्साहन गर्दै हेटौँडा उपमहानगर

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

यो पनि पढ्नुहोस