लिग–२ : जितविहीन टुंगियो नेपालको यूएई शृंखला

कार्तिक २०, २०८२

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई)मा भएको त्रिदेशीय शृंखलामा नेपाल जितविहीन बनेको छ ।

बुधबार (कात्तिक १९) दुबईको यूएईमा सम्पन्न अन्तिम खेलमा घरेलु टिमसँग चार विकेटको हारसँगै नेपालको यात्रा जितविहीन टुंगिएको हो ।

नेपालले प्रस्तुत गरेको २४० रनको लक्ष्य यूएईले ४९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । यूएईको जितमा मुहम्मद सहदादले सर्वाधिक ९६ रन बनाए । उनले १२३ बलमा ६ चौका र तीन छक्का प्रहार गरे ।

No data was found

यस्तै, मुहम्मद वसिमले ७३ बलमा चार चौका र तीन छक्कासहित ७६ रन थपे । यी दुईले ६८–३ को स्थितीबाट १४७ रनको साझेदारी गर्दै यूएईलाई जितनजिक पूर्याएका थिए ।

सोहेब खानले २९, कप्तान आलिसान सराफुले १८ र हर्षिक कौसिकले १३ रन बनाए ।

नेपालका करण केसीले तीन विकेट लिए । नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछानेको नाममा समान एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३९ रनको योगफल खडा गरेको थियो ।

यूएईविरुद्ध नेपालका भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । ६८ बल खेलेका उनले सात चौका प्रहार गरे ।

मध्यक्रमका ब्याटर कुशल मल्लले ५१ बलमा एक चौका र तीन छक्कासहित ४६ रन बनाए ।

ओपनर आसिफ सेखले ४८ बलमा चार चौकासहित ३४ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३७ रन थप्दा आरिफ सेखको नाममा ३० रन रह्यो । १०औँ नम्बरमा ब्याटिङका निम्ति आएका सन्दीप लामिछानले अविजित १५ रन जोडे ।

कुशल मल्ल र सन्दीप लामिछानले नवौँ विकेटका निम्ति ४२ रनको साझेदारी गरेका थिए ।

यूएईका ध्रुव परासर, मुहम्मद जवादुल्लाह र जुनैद सिद्दिकीले समान दुई विकेट लिए । जाहिद अलीको नाममा एक–एक विकेट लिए ।

यो शृंखलाको यसअघिका तीन खेलमा नेपालले नेपालले अमेरिकासँग १०६, दोस्रो खेलमा यूएईविरुद्ध पाँच र तेस्रो खेलमा पुनः अमेरिकासँग चार विकेटको हार बेहोरेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

मानव अधिकार आयोगको अपिल

डिजिटल प्रणालीमार्फत १७३ कर्मचारीको सरुवा

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

यो पनि पढ्नुहोस