मध्येरातमा धादिङ गजुरीस्थित कवाडी प्लास्टिक फ्याक्ट्रीमा आगलागी, एक करोड बराबरको क्षति

कार्तिक २०, २०८२

धादिङ । धादिङ जिल्लाको गजुरी गाउँपालिका–१ गलौदीमा सञ्चालित अल्फा कवाडी प्लास्टिक फ्याक्ट्रीमा गएराति आगलागी भएको छ। बिहान करिब ३:०५ बजेको समयमा आगलागी भएको हो ।

 

फ्याक्ट्रीमा रहेका विभिन्न भौतिक सामानमा क्षति पुगेको र क्षतिको पूर्ण विवरण संकलन भइरहेको बताइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

No data was found

 

संचालन राम बहादुर रोकाका अनुसार कवाडि सामानहरु कटिङगरी ढोला र दाना बनाउने मेसिनहरु समेत गरि एक करोड बराबरको क्षति भएको छ । तिस लाख बाराबरको मेसिन औजार, २० लाख बराबरको कवाडी कच्चा पदार्थ, तीन वटा भवन संरचना र तयार गरिराखेको ३० टन ढोला र दाना सबै नस्ट भएको छ ।

 

गजुरीबाट करिब २ किलोमिटर पूर्व पर्ने उक्त स्थानमा धुनिवेशी नगरपालिका, निलकण्ठ नगरपालिका र गजुरी गाउँपालिकाका गरी तीन वटा दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा करिब ७:०० बजेतिर आगो नियन्त्रणमा लिइएको थियो । इलाका प्रहरी कार्यालय गजुरीका १५ जना प्रहरी, श्री भैरव गण गजुरी ब्यारेकका ३५ जना नेपाली सेना तथा सशस्त्र प्रहरी विपद् व्यवस्थापन बेस आदमघाटका १० जना सुरक्षाकर्मीको टोली घटनास्थलमा खटिएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

ऊर्जामन्त्री श्रेष्ठद्वारा विभिन्न आयोजनाको अनुगमन

बालबालिकालाई गुणस्तरीय शिक्षाको पहुँचमा ल्याउन मन्त्री तामाङको आग्रह

तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

साउदी आक्रमणमा यमनमा ११ जनाको मृत्यु, अधिकांश बालबालिका

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन

यो पनि पढ्नुहोस