एक सय २० दिनभित्र ए डिभिजन लिग गर्न तयार छौं- एन्फा

कार्तिक २७, २०८२

नेपाली फुटबलको शीर्ष डिभिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिग एक सय २० दिनभित्र आयोजना गर्न सरोकारवालाहरू तयार भएका छन्।

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा अखिल नेपाल फुटबल संघ (एन्फा), शीर्ष डिभिजनका १४ मध्ये पाँच वटा क्लब र फुटबल खेलाडीहरूबीच भएको छलफलबाट अबको एक सय २० दिनभित्र ‘ए’ डिभिजन लिग गर्ने सहमति भएको हो।

गत कात्तिक १७ गते सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न बैठकबाट एन्फा र क्लबहरूले आगामी पुस ९ गतेबाट राष्ट्रिय लिग गर्ने र अर्को वर्षको पुस ३ गते शहीद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्ने सहमति गरेका थिए।

यस वर्ष पनि लिग नहुने भएपछि गत बिहीबार एन्फामा फुटबल खेलाडीहरूले आन्दोलन गरेका थिए।

यसपछि नै एन्फाले सोमबार आफ्नै कम्प्लेक्समा खेलाडीहरूलाई बैठकमा बोलाएको थियो। तर उनीहरूले उक्त बैठक लाइभ गर्न माग गरेपछि सम्भव नभएकोले मङ्गलबारका लागि सिंहदरबारमा बैठक तय भएको हो।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सिंहदरबारमा मङ्गलबार बोलाएको बैठकमा १४ मध्ये तीन विभागीयसहित पाँच क्लब मात्र सहभागी भए।

सरोकार पक्षका क्लबहरू पूर्ण नभए पनि एन्फाले क्लबहरू खेल्न तयार भएमा लिग आयोजना गर्ने बताएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

गणित शिक्षा परिषद धादिङको अध्यक्षमा उत्तम भट्ट चयन, गणितलाई व्यवहारिक बनाउने उद्घोष

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो : सञ्चारमन्त्री डा तिमिल्सिना

चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ

ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व सङ्कलन

विश्वकप आयोजक अमेरिकाको उत्कृष्ट जित

आजको मौसम कोशीमा भारी वर्षाको सम्भावना

यो पनि पढ्नुहोस