पूर्व वडा अध्यक्षका बाबुछाेरा विरुद्ध जजक उद्योगमा जाहेरी दर्ता

pabilnews

मंसिर १०, २०८२

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का पूर्व वडाअध्यक्षका बाबुछाेरा विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणी उद्योग जाहेरी दर्ता भएकाे छ ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष ६५ वर्षीय गुणबहादुर थपलिया र उनका छाेरा ४० वर्षीय रामशरण भन्ने केशव थपलिया विरुद्ध मंगलबार जबरजस्ती करणी उद्याेग, ज्यानमार्ने उद्योग र अभद्र व्यवहारकाे जाहेरी दर्ता भएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयाे ।

आराेपित केशव थपलियाले आराेपितकाे घर नजिकै ३३ वर्षीया एक महिलालाई जबर्जस्ती करणी उद्योग  गरेकाे र  पीडितले गुहार मागेपछि अन्य मानिसकाे सहयाेगमा प्रहरीले उद्धार गरेकाे थियाे । पीडितलाई छाेराले जबरजस्ती करणी उद्योग गरेकाे बाबू गुण बहादुरले कुटपिट समेत गरि छाेरालाई सघाएकाे पीडित पक्षकाे भनाई छ ।

No data was found

घटनापछि पीडितकाे धादिङ अस्पतालमा उपचार गराइएको थियो । आराेपितहरुलाई प्रहरीले साेमबार हिरासतमा लिएकाे थियो । मंगलबार धादिङ जिल्ला अदालत पेश गरेकाेमा ७ दिन थुनामा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएकाे प्रहरी नायव उपरीक्षक दाहालले जानकारी दिनुभयाे ।

गुणबहादुर थपलिया २०७४ को निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्हबाट निर्वाचित पूर्व वडाअध्यक्ष हुन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
100%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1

ताजा खबर

ऊर्जामन्त्री श्रेष्ठद्वारा विभिन्न आयोजनाको अनुगमन

बालबालिकालाई गुणस्तरीय शिक्षाको पहुँचमा ल्याउन मन्त्री तामाङको आग्रह

तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

साउदी आक्रमणमा यमनमा ११ जनाको मृत्यु, अधिकांश बालबालिका

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन

यो पनि पढ्नुहोस
pabilnews