धादिङमा मध्यराति भएको बस दुर्घटनामा १७ जनाको मृत्यु २४ घाइते

पाविलन्युज

फागुन ११, २०८२

नबराज छत्कुली । पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक यात्रु बस मध्यराती पृथ्बी राजमार्गकोको धादिङ खण्ड अन्तरगत बेनिघाट रोराङ्ग गाउँ पालिका–५ भैंसिगौडाबाट त्रिशूली नदीमा खस्दा १७ जनाको मृत्यु भएको छ । दुघटनामा २४ जना यात्रु घाईते भएका छन ।

घटनास्थलमा रहेका धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेले दुर्घटनाको बेला बसमा ४६ जना यात्रुहरु रहेको र उनीहरुको खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दिनुभयो । घटनास्थलबाट डुंगाको सहायताबाट यात्रुहरु उद्धार एब खोजतलास गरिएको छ ।

दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेका छन् । उद्धारकार्यमा सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस आदमघाट र विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको छ ।
आल सम्म दुघतनामा घाइते भएका र मृतकको सनाखत हुन सकेको छैन । राति भएकाले उद्धारमा कठिनाइ भएको छ । दुर्घटनाको कारण भन्ने खुल्न सकेको छैन ।

No data was found

 

तस्बिर : पोषनाथ अधिकारी

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

ऊर्जामन्त्री श्रेष्ठद्वारा विभिन्न आयोजनाको अनुगमन

बालबालिकालाई गुणस्तरीय शिक्षाको पहुँचमा ल्याउन मन्त्री तामाङको आग्रह

तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

साउदी आक्रमणमा यमनमा ११ जनाको मृत्यु, अधिकांश बालबालिका

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन

यो पनि पढ्नुहोस
पाविलन्युज