धादिङ : पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौदी नजिकै यात्रु बस दूर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौं आउदै गरेको ग २ ख १४२१ नम्बरको यात्रु बस दूर्घटनामा ११ जना पुरुष र छ जना महिलाको घटनास्थमै मृत्यु भएको हो ।
१७ नजा मध्ये एक महिला र एक पुरुष विदेसी नागरिक रहेका छन् । ४४ जना सवार रहेको बुझिएको छ । २६ जना घाइतेको उद्दार गरि अस्पताल पठाएको छ । दुघटनामा घाईते भएका मध्य १८ जनाको नाम खुलेको छ ।
त्रिशुली नदि किनारमा वर खसेको हो । दूर्घटनास्थलबाट सबै घाइतेहरुको उद्दार गरि सकिएको छ । केही घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा उपचार गरिएको छ भने अधिकाँशलाई काठमाडौ रिफर गरिएको छ ।
जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले उद्दार गरिरहेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
100%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1


