काठमाडौँ । गृह मन्त्रालयले धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडामा आज भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको घटनामा छानबिन समिति बनाउने निर्णय भएको गृह जानकारी दिएको छ ।
आज सोमबार गृह मन्त्रालयमा बसेको गृहमन्त्री ओमप्रकाश अर्याल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासङ्घ, तीनवटै सुरक्षा निकायका प्रमुखहरू र सरोकारवाला निकायहरूबिचको बैठकले छानबिन समिति बनाउने निर्णय गरेको हो ।
पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस आज राती १ बजेको समयमा अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0