बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार  

फाल्गुन ११, २०८२

मलेखु (धादिङ) : दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ । गएराति धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ चराँैदीस्थित भैँसेगौडामा भएको बस दुर्घटनामा परेका ललितपुरको इमाडोलका मानन्धरलाई उद्धार टोलीले पाँच घण्टापछि जीवितै उद्धार गर्न सफल भएको हो ।

भिरमा बजारिएर कच्याक–कुचुक्क बनेको बसभित्रै च्यापिएका मानन्धरलाई बसको पार्टपुर्जा काटेर जीवितै बाहिर निकालिएको र उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । पर्याप्त उद्धार सामग्रीको अभाव र अपठ्यारो स्थान भएकाले समयमा उद्धार गर्न कठिन भएको उहाँको भनाइ छ ।

“मलाई बचाउनुहोस् भन्दै यात्रु चिच्याइरहेका थिए । हामीसँग तुरुन्तै बस उठाउन सक्ने वा काट्न सक्ने कुनै उपकरण थिएन । धेरै समय सान्त्वना दिएर राख्यौँ, जनेरेटरसहितको मेसिन लगेर बसको साइलेन्सर र पछाडिको टायरपट्टिको भाग काटेर मानन्धरलाई बाहिर निकाल्यौँ,” प्रहरी उपरीक्षक खड्काले भन्नुभयो, “उपचारका लागि काठमाडौँ रिफर गरिएको छ, उहाँको अवस्था सामान्य नै देखिएको छ ।”

पोखराबाट काठमाडाँै आउँदै गरेको माछापुच्छ«े टुर्स एन्ड ट्राभल्सको ग२ख १४२१ नम्बरको बस धादिङमा दुर्घटना हुँदा १८ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । घाइते २५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतकको शव धादिङ अस्पताल र गजुरी स्वास्थ्य केन्द्रमा परीक्षणका लागि राखिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै   

ट्रयाक खुलेको २६ वर्षपछि सडक कालोपत्र   

जापानी कम्पनीमाथि चिनियाँ प्रतिबन्ध  

काकापोको बम्पर फसलले प्रजनन र जीवनयात्रामा नयाँ आशा  

गाउँमै पुख्र्यौली कालिगड पेसा संरक्षणमा जुट्दै युवा 

मानव अधिकार संरक्षणका निम्ति नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री  

यो पनि पढ्नुहोस

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै   

ट्रयाक खुलेको २६ वर्षपछि सडक कालोपत्र   

जापानी कम्पनीमाथि चिनियाँ प्रतिबन्ध  

काकापोको बम्पर फसलले प्रजनन र जीवनयात्रामा नयाँ आशा  

गाउँमै पुख्र्यौली कालिगड पेसा संरक्षणमा जुट्दै युवा