नबराज छत्कुली धादिङ
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैंसीगौडामा भएको बस दुर्घटनामा मृत्यु हुने १९ जनाकै सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङमा अनुसार दुर्घटनामा मृत्यु हुनेहरुमा बेलायती नागरिक स्टेवार्ट डोमिनिक इथान, चिनिया नागरिक zhang chunchun, कास्कीको पोखरा महानगरपालिका–३० का विवेक बास्तोला, स्याङ्जा वालिङ घर भई हाल काठमाडौं नागार्जुन बस्ने चन्द्रबहादुर कुँवर, तनहुँको व्यास नगरपालिका–४ का ओम कुमार मल्ल र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ का इन्जिनियर ठकुरी रहेका छन ।
त्यसैगरी, तनहुँको शुक्लागण्डकी नगरपालिका–७ की विष्णुमाया ढकाल, काठमाडौंको बौद्ध टुसालका लोपसाङ गोले, तनहुँको भिमाद नगरपालिका–६ का हरिप्रसाद सिग्देल र पाल्पाको तानसेन नगरपालिका–२ का नविन श्रेष्ठ, तनहुँको शुक्लागण्डकी नगरपालिका–७ को रुद्र प्रसाद ढकाल, शुक्लागण्डकी नगरपालिका–२ की अचर्ना पौडेल, कास्कीे पोखरा महानगरपालिका–१४ की अञ्जली क्षेत्री, कास्की माछापुच्छरे गाउँपालिका ३ का रोहित नेपाली, स्याङ्जा पुतलीबजार नगरपालिका ६ का धनश्याम सुबेदी, काठमाडौ महानगरपालिका ३२ बुद्धनगर की अनिशा मर्हजन, मोरङ उर्लाबारी १ की हिरा चौधरी, कास्की पोखरा महानगरपालिका–१९ को सुजित नेपाली र भारत उत्तर प्रदेश बसहरी बहराईच का मनिष शुक्ला रहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । घाईतेमध्य एक पुरुषको भने काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएका थियो ।
प्रहरीका अनुसार बसमा चालक सहित २९ जना पुरुष र १५ जना महिला गरी जम्मा ४४ जना यात्रु सवार थिए ।
पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस आज सोमबार राती १ बजेको समयमा अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो ।