गाँजा र चरेशसहित तीनजना पक्राउ
पाविलन्युज

बैशाख ७, २०८३

धादिङ : अवैध लागूऔषध गाँजा र चरेशसहित धादिङको गल्छीबाट तीन जना पक्राउ परेका छन् । उनीहरुलाई १७ किलो ४१० ग्राम गाँजा र २ किलो ५० ग्राम चरेशसहित प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय संगम श्रेष्ठको घरमा लागूऔषध खरिद बिक्री भइरहेको भन्ने सुचना पाएपछि खानतलासीका क्रममा सोही घरमा बसिरहेका जिल्ला बाँके कोहलपुर नगरपालिका-१० का २० वर्षीय छोटु भन्ने कलामुद्दिन अन्सारी र ३५ वर्षीय साहिद अली पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

शंकास्पद अवस्थामा रहेको सुटकेस र झोलाभित्र लुकाइराखेको उक्त परिमाणको लागूऔषध फेला परेको हो । प्रहरीले घटनास्थलबाट लागूऔषधका साथै १६ हजार नेपाली रुपैयाँ नगद र दुई थान मोबाइल समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरु विरुद्ध लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत धादिङबाट अनुसन्धानका लागि १५ दिनको म्याद थप गरिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

बागमती प्रदेश प्रमुख देवकोटासमक्ष वार्षिक प्रतिवेदन पेस

प्रेसलाई नियन्त्रण गर्ने सरकारको  मनसाय छैनः सञ्चारमन्त्री डा तिमिल्सिना 

तोलामा तीन हजार तीन सयले घट्यो सुनको मूल्य

प्रतिनिधिसभाः विपद्, सुकुमवासी व्यवस्थापन र सडक सुरक्षामा ध्यानाकर्षण

नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री वाग्ले

राजस्थानको प्लेअफ सम्भावना कायम

यो पनि पढ्नुहोस
पाविलन्युज