चीन–नेपाल सुरक्षा सहकार्यमा जोड

बैशाख १८, २०८३

काठमाडौँ । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा बिहीबार आयोजित प्रहरी नेतृत्व तथा कर्मचारी पाठ्यक्रम ९ पिएलएससी प्रथम समूहका सहभागीहरूसँगको छलफलमा चिनियाँ राजदूतले द्विपक्षीय सुरक्षा सहकार्यलाई सुदृढ बनाउन सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

यहाँस्थित चिनियाँ राजदूतावासका अनुसार त्यस अवसरमा उहाँले नेपाल प्रहरीका भावी नेतृत्वसँग विविध समसामयिक विषयमा विचार आदानप्रदान भएको थियो ।

त्यसैगरी, नेपाल–चीन सम्बन्ध, समकालीन विश्व तथा क्षेत्रीय सुरक्षा चुनौतीलगायतका विषयमा छलफल भएको थियो ।

साथै सहभागीहरूले दुवै देशबीचको सम्बन्धको वर्तमान अवस्था, आपसी सहकार्य र भविष्यका सम्भावनाबारे धारणा राखेका थिए ।

राजदूत चाङले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध निरन्तर सुदृढ हुँदै गएको उल्लेख गर्दै कानुन कार्यान्वयन तथा सुरक्षा सहकार्य आगामी दिनमा अझ उच्च तहमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

द्विदेशीय सहकार्यले दुवै देशबीचको आपसी विश्वास अभिवृद्धि गर्नुका साथै क्षेत्रीय स्थायित्वमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

चीन–नेपाल सुरक्षा सहकार्यमा जोड

सीमा सुरक्षादेखि ‘डिजिटल’रूपान्तरणमा सशस्त्र प्रहरी

देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’

विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा

यो पनि पढ्नुहोस