लागुपदार्थ सेवन गरी सवारी चलाउदा पक्राउ परेका चालकलाई पाँच दिनको म्याद थप

बैशाख ३१, २०८३

धादिङ । लागु पदार्थ सेवन गरी सवारी चलाएको बेला धादिङबेसीबाट पक्राउ परेका दुई जनालाई पाँच दिनको म्याद थप भएको छ । मंगलबार पक्राउ परेका उनीहरुमाथी बुधबार जिल्ला अदालत धादिङबाट म्याद थप गरी अनुसन्धान थालिएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङ, ट्राफिक प्रहरी कार्यालय धादिङबेसी, धादिङ अस्पताल तथा जिल्ला जनस्वास्थ्य कार्यालय धादिङको संयुक्त टोलीले लागुपदार्थ सेवन चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा ना १ ज ९००५ नम्बरको म्याजिक गाडी चालक २६ वर्षीय दिपक रिजाल र बा.प्र. ०१–००२ ज ८८५९ नम्बरको ट्याक्सी चालक ललितपुरका ४३ वर्षीय बिनेस थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार चैत्र महिनादेखि हालसम्म जिल्लाभित्र २१ जना चालक लागू पदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा पक्राउ परेका छन् । उनीहरूविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्रतिनिधिसभा बैठक सुरु

लागुपदार्थ सेवन गरी सवारी चलाउदा पक्राउ परेका चालकलाई पाँच दिनको म्याद थप

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ७७ हजार राजस्व सङ्कलन

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

राजस्व हिनामिना गरेको अभियोगमा मुद्दा दायर

महंगीले ठप्प राजमार्ग विस्तारको काम

यो पनि पढ्नुहोस