फिल्ड भिजिटमा गएका प्राविधिकमाथी कुटपिट
सम्बाददाता

जेठ २७, २०८३

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–४ धादिङ पौवामा सब-इन्जिनियरमाथी कुटपिट भएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, चितवन अन्तर्गत धादिङ शाखा कार्यालयमा कार्यरत सब-इन्जिनियर हबेन्द्र कुमार यादवमाथी कुटपिट भएको हो ।

कुटपिटका कारण सब-इन्जिनियर यादव घाइते भएका छन् । इजरा खानेपानी आयोजनाको निरीक्षणको लागि मोटरसाइकलमा जाँदै गर्दा एक व्यक्तिले मोटरसाइकल रोकी आक्रमण गरेका बताइएको छ ।

घाइतेको धादिङ अस्पतालमा प्राथमिक उपचारपछि काठमाडौंस्थित बी एन्ड बी अस्पताल रिफर गरिएको छ।
घटनामा मोटरसाइकल चालक चितवनको भरतपुर महानगरपालिका–९ निवासी सब-इन्जिनियर सुरेश आले मगरमाथि पनि आक्रमण भएको थियो।
हेल्मेट लगाएका कारण उहाँ सामान्य अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक श्याम कुमार बस्नेतले जानकारी दिनुभयो ।

पीडित पक्षले नीलकण्ठ नगरपालिका–४ निवासी ४० वर्षीय सन्जिप मल्लले कुटपिट गरेको दाबी गरेको छ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय धादिङमा निवेदन दर्ता भइसकेको र घटनामा संलग्नहरुको खोजी भइरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सिंहदरबारको केन्द्रीय क्यान्टिनमा भेटियो घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा, दुई लाख जरिवाना

इन्जिनियर कुटेर फरार हुने मल्ल पक्राउ, अनुसन्धानका लागि ६ दिनको म्याद थप

खानेपानीको पाइप बिछ्याउन भत्काएको सडक महिनैदेखि अलपत्र

बैशाख र जेठमा धादिङबाट १४१७ राहदानी वितरण

ट्रेड युनियन खारेज विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार

आइतबार पनि खुला रहने नेपाल आँखा अस्पताल

काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा आठको मृत्यु

यो पनि पढ्नुहोस
सम्बाददाता