इन्जिनियर कुटेर फरार हुने मल्ल पक्राउ, अनुसन्धानका लागि ६ दिनको म्याद थप
पाविलन्युज

जेष्ठ २९, २०८३

धादिङ । कर्तव्य पालनाको सिलसिलामा कार्यक्षेत्रमा खटिएका राष्ट्रसेवक कर्मचारीहरूलाई निर्घात कुटपिट गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको समन्वयमा धादिङको नीलकण्ठ नगरपालिका वडा नं। ४ बस्ने ४० वर्षीय संजिव मल्ललाई पक्राउ गरिएको हो ।

अभियुक्त मल्लले गत जेठ २६ गते नीलकण्ठ नगरपालिका वडा नं। ४ स्थित पौवा भन्ने स्थानमा सरकारी कर्मचारीहरूमाथि आक्रमण गरेका थिए । संघीय नेपाल सरकारको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरबाट खटिएका प्राविधिक टोली धादिङवेशी सह–लगानी खानेपानी आयोजना र इजारा खानेपानी आयोजनाको निर्माण कार्यको निरीक्षण तथा सुपरिवेक्षण गर्न जाने क्रममा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

मल्लले “स्थानीय स्तरमा आफूले ढलान गरेको बाटोमा नसोधी किन प्रयोग गरेको” भन्दै उत्तेजनामा आई कर्मचारीहरूमाथि बर्बरतापूर्वक कुटपिट गरेका थिए । घटनामा चितवन भरतपुर महानगरपालिका वडा नं। ९ घर भएका ३४ वर्षीय सब–इन्जिनियर सुरेश आले मगर सामान्य घाइते भएका छन् भने सप्तरी सुरुङ्गा नगरपालिका वडा नं। २ घर भएका २९ वर्षीय सुपरभाइजर हवेन्द्र कुमार यादव गम्भीर घाइते भएका छन् ।

कुटपिटबाट सुपरभाइजर यादवको टाउको र अनुहारको भित्री तथा बाहिरी भागमा गम्भीर चोट लागेको छ । उनलाई धादिङ अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि ललितपुरस्थित वि एण्ड वि अस्पताल पठाइएको र हाल सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक दाहालले जानकारी दिए ।
पक्राउ परेका मल्ल विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १४ को दफा १९४ बमोजिम उत्तेजनामा आई कुटपिट गरेको कसुरमा मुद्दा दर्ता भएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

मनसुन सक्रियः केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

जलनबाट रावतको निधन

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

यो पनि पढ्नुहोस
पाविलन्युज