विश्वकप फुटबलः जर्मनी विजयी
राष्ट्रिय समाचार समिति

असार १, २०८३

काठमाडौँ। फिफा विश्वकप फुटबल प्रतियोगिता, २०२६ अन्तर्गत आज भएको खेलमा चार पटकको विश्वकप विजेता जर्मनीले कुराकाओलाई पराजित गरेको छ । अमेरिकाको ह्युस्टन रङ्गशालामासम्पन्न  समूह ‘इ’को खेलमा जर्मनीले क्यारेबियन राष्ट्र कुराकाओलाई ७–१ गोलअन्तरले पराजित गरेको हो ।
जर्मनीले पहिलो हाफमा तीन गोल र दोस्रो हाफमा चार गोल ग¥यो । जर्मनीका लागि काई हाभाट्र्जले दुई तथा फेलिक्स एनमेचा, निको स्लोटरबेक, जमाल मुसिएला, नाथनियल ब्राउन  र डेनिज उन्डाभले समान एक–एक गोल गरे ।
एनमेचाले खेलको छैटौँ मिनेटमै गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको २१औँ मिनेटमा कुराकाओका लिभानो कोमेनेन्सियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । जर्मनीका निको स्लोटरबेकले खेलको ३८औँ मिनेटमा गोल गर्दै खेललाई २–१ को अग्रता बनाए । खेलको पहिलो हाफको अत्तिरिक्त समयमा हाभाट्र्जले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–१ को अग्रता बनाए । जर्मनीका लागि मुसिएलाले खेलको ४७औँ मिनेटमा गोल गर्दा ब्राउनले ६८औँ मिनेटमा अर्को गोल थपे । त्यस्तै ७८ औँ मिनेटमा उन्डाभले गोल गरे भने काई हाभाट्र्जले खेलको ८८ औँ मिनेटमा अर्को गोल थपे ।
यस जितसँगै जर्मनीले शीर्ष तीन अङ्क जोडेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बागमतीको बजेट ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार

राष्ट्रियसभामा बजेटमाथि छलफल  स्  बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

चालु आर्थिक वर्षको ११ महिनामा पुँजीगत खर्च ३२ दशमलव ५३ प्रतिशत

भ्रष्टाचारको अभियोगमा मुद्दा दायर

‘बजेटको कार्यान्वयन गर्न स्रोत सुनिश्चित हुनुपर्छ’

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरण आवश्यक

लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति