विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित
राष्ट्रिय समाचार समिति

असार ३, २०८३

काठमाडौँ।  फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न समूह ‘आई’को खेलमा फ्रान्सले सेनेगलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।
अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा भएको खेल पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने दुवैतर्फबाट कूल चार गोल भए ।
खेलको ६६औँ मिनेटमा फ्रान्सका लागि किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने खेलको ८२औँ मिनेटमा ब्राड्ली बारकोलाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको अतिरिक्त समयमा सेनेगलका लागि सान्त्वना गोल इब्राहिम एम्बायेले गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । यद्यपि त्यसको अर्को मिनेटमा फ्रान्सका लागि एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–१ मा पु¥याए ।
समूह ‘आई’ अन्तर्गत आजै नर्वे र इराक {नेपाली समय ३ः४५ बजे)  भिड्दैछन् । साथै समूह ‘जे’अन्तर्गत अर्जेन्टिना र अल्जेरिया (नेपाली समय ६ः४५) तथा अष्ट्रिया र जोर्डन (नेपाली समय ९ः४५) भिड्दैछन्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्न एक हजार छ सय टावर निर्माण गरिने

सभामुख अर्यालसँग बङ्गलादेशका राजदूतको भेट

ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन

विश्वकप फुटबलःमेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

आजको मौसम : पहाडी भूभागमा बादल लाग्ने, तराईका केही स्थानमा तातो दिन हुने

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति