विश्वकप फुटबलः पोर्चुगल र कंंगोको खेल बराबरीमा
राष्ट्रिय समाचार समिति

असार ४, २०८३

काठमाडौँ। फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह ‘एल’अन्तर्गतको आज भएको खेलमा पोर्चुगल र कंगोको खेल बराबरीमा टुंगिएको छ । अमेरिकाको ह्युस्टन रंगशालामा भएको खेलमा दुवै टोलीले १–१ गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो ।
खेलको छैटौँ मिनेटमा जुआँ नेभेसले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको अधिंकाश समय बल पोर्चुगलले नियन्त्रणमा राखेको थियो । तर पहिलो हाफमा थपिएको चार मिनेटको अतिरिक्त समयको अन्तिम क्षणमा कंगोका लागि योआने विस्साले कर्नरबाट आएको बललाई हेडमार्फत चाली चुमाएपछि खेल बराबरीमा पुग्यो ।
दोस्रो हाफमा दुवै टोलीबाट कुनै पनि गोल हुन सकेन ।
विश्वकपको जारी प्रतियोगितामा नेपाली समयअनुसार आज १ः४५ बजे इंग्ल्याण्ड र क्रोएसियाबीच खेल हुँदैछ भने बिहान ४ः४५ बजे घाना र पानमा भिड्दैछन् । साथै बिहान ७ः४५ बजे उज्बेकिस्तान र कोलम्बियाबीच खेल हुनेछ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्रतिनिधिसभा बैठक सुरु, विनियोजन विधेयक पारित गर्ने कार्यसूची

विश्वकप फुटबलः उज्वेकिस्तानमाथि कोलम्बियाको जित

रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र

पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमा जोड्दै बागमती प्रदेश सरकार

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

विश्वकप फुटबलः पोर्चुगल र कंंगोको खेल बराबरीमा

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति