विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित
राष्ट्रिय समाचार समिति

असार ४, २०८३

काठमाडौँ। फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई  पराजित गरेको छ । अमेरिकाको डालास रंगशालामा भएको खेलमा इंग्ल्याण्डले ४–२ गोल अन्तरले क्रोएसियालाई पराजित गरेको हो ।
खेलको १२औँ मिनेटमा इंग्ल्याण्डका लागि ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । ३६औँ मिनेटमा क्रोएसियाका लागि मार्टिन बुटुरिनाले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
४२औँ मिनेटमा  इंग्ल्याण्डका लागि ह्यारी केनले व्यक्तिगत दोस्रो गोल गर्दै पुनः टोलीलाई अग्रता दिलाए भने पहिलो हाफमा थपिएको अतिरिक्त समयमा क्रोएसियाले जवाफी गोल फर्कायो । उसका लागि पिटर मुसाले गोल गरे पनि खेल पुनः बराबरीमा आयो ।
खेलको ४७औँ मिनेटमा जुड बेलिङ्हमले गोल गरेपछि इंग्ल्याण्डले पुनः खेलमा अग्रता लियो । त्यसपछि खेको ८५औँ मिनेटमा मार्कस र्यासफोडले एक गोल गरेपछि इंग्ल्यायण्डले अग्रता दोब्बर बनायो । त्यसपछि खेलमा कुनै गोल भएन र खेल इंग्ल्याण्डले आफ्नो पक्षमा पार्यो ।
हाल प्रतियोगिताअन्तर्गत घाना र पानमाबीचको खेल भइरहेको छ भने आज बिहान ७ः४५ बजे उज्बेकिस्तान र कोलम्बियाबीच खेल हुनेछ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्रतिनिधिसभा बैठक सुरु, विनियोजन विधेयक पारित गर्ने कार्यसूची

विश्वकप फुटबलः उज्वेकिस्तानमाथि कोलम्बियाको जित

रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र

पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमा जोड्दै बागमती प्रदेश सरकार

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

विश्वकप फुटबलः पोर्चुगल र कंंगोको खेल बराबरीमा

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति