‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’

राष्ट्रिय समाचार समिति

असार ५, २०८३

काठमाडौँ। प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति समीक्षा बाँस्कोटाले द्वन्द्वका समयमा यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गर्न राज्य संयन्त्रबाट आवश्यक पहल भइरहेको बताउनुभएको छ ।

‘स्वन्याय, सामाजिक न्याय र कानुनी न्यायका लागि हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजित ‘लोकतान्त्रिक राज्यमा सर्भाइभरको पहिचान’ विषयक संवादमा उहाँले द्वन्द्वका समयमा यौन हिंसामा परेका महिलाको न्यायका लागि राज्य गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।

अधिवक्ता खिमलाल देवकोटा र पूर्वसचिव उदय सापकोटाले द्वन्द्वका क्रममा यौन हिंसामा परेका महिलाको न्यायका लागि विगतमा विभिन्न प्रयास भए पनि केही महत्त्वपूर्ण काम भने अझै बाँकी रहेको बताउनुभयो ।

No data was found

अपराजित फाउन्डेसनकी सल्लाहकार देवी खड्काले द्वन्द्वका क्रममा यौन हिंसामा परेका धेरै महिलाले अझैसम्म उचित न्याय पाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “द्वन्द्वका समयमा धेरै महिला यौन हिंसाको सिकार भएका छन् । उनीहरूको न्यायका लागि विभिन्न निकायमा आवाज उठाउँदै आएका छौँ, तर अझै त्यसको सम्बोधन हुनसकेको छैन ।”

द्वन्द्वका समयमा यौन हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवसको अवसर पारेर अपराजित फाउन्डेसन ललितपुरले आज काठमाडौँमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा सहभागी महिलाले द्वन्द्वका समयमा यौन हिंसामा परेका महिलाले कानुनी न्याय पाउन नसकेको भन्दै सरकारले उनीहरूको न्यायका लागि प्रभावकारी कदम चाल्नुपर्ने विषयमा ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा देशका विभिन्न स्थानबाट द्वन्द्वका समयमा यौन हिंसामा परेका महिला तथा सरोकारवालाको सहभागिता थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

ऊर्जामन्त्री श्रेष्ठद्वारा विभिन्न आयोजनाको अनुगमन

बालबालिकालाई गुणस्तरीय शिक्षाको पहुँचमा ल्याउन मन्त्री तामाङको आग्रह

तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

साउदी आक्रमणमा यमनमा ११ जनाको मृत्यु, अधिकांश बालबालिका

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति