फिफा विश्वकप २०२६ : दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश
राष्ट्रिय समाचार समिति

असार ११, २०८३

काठमाडौँ । दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई पराजित गर्दै  फिफा विश्वकप २०२६ को नकआउट चरणमा पहिलो पटक प्रवेश गरेको छ ।
मेक्सिकोको मोन्टेरे स्टेडियममा आज भएको समूह ‘ए’ अन्तर्गत अन्तिम खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गर्दै दक्षिण अफ्रिका नकआउट चरणमा पहिलो पटक प्रवेश गरेको हो ।
दक्षिण अफ्रिकाको जितमा थापेलो मासेकोले गोल गरे । उनले खेलको ६३औँ मिनेटमा गरेको एक गोल नै दक्षिण अफ्रिकाको निर्णायक गोल सावित भयो । चौथोपटक विश्वकप खेलेको दक्षिण अफ्रिकाले पहिलोपटक समूह चरण पार गरेको हो । यसअघि सन् १९९८, २००२ र २०१० मा विश्वकप खेलेको थियो तर समूह चरण भने पार गर्न सकेको थिएन ।
जितसँगै दक्षिण अफ्रिका समूह ‘ए’ मा ४ अङ्कसहित उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । यसै समूहमा रहेको मेक्सिको समूह विजेता बन्दै नकाउट चरणमा पुगिको छ ।
आजै भएको अर्को खेलमा मेक्सिकोले  चेकियालाई ३–० ले हराएको थियो । दक्षिण कोरिया ३ अङ्कसहित तेस्रो र चेकिया १ अङ्कसहित पुछारमा रह्यो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना

भारतीय नागरिक पक्राउ

सुनचाँदी दुवैको मूल्य घट्यो

फिफा विश्वकप २०२६ : दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश

भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति