धादिङमा लागुपदार्थ सेवन गरी सवारी चलाउने सात जना पक्राउ
पाविलन्युज

असार १६, २०८३

धादिङ। धादिङमा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने सात जना चालकहरू पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङले राजमार्ग तथा सदरमुकाम क्षेत्रमा सञ्चालन गरेको विशेष चेकिङ अभियानका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

सार्वजनिक तथा निजी सवारी साधनका चालकहरूलाई लक्षित गरी गरिएको आकस्मिक चेकिङमा गरिएको लागुपदार्थ सेवन परीक्षणमा सात जना चालकहरूले नशालु पदार्थ सेवन गरी सवारी साधन चलाएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

पक्राउ पर्ने चालकहरूमा टेलर चालक गल्छी गाउँपालिका–६ का दिपेन्द्र श्रेष्ठ, बारा जितपुर सिमरा–२४ का ट्रयाङ्कर चालक स्वालम हवारी र धादिङ ज्वालामुखी–५ का मोटरसाइकल चालक दिवस आले मगर रहेका छन् । यसैगरी नवलपरासी गैंडाकोट–१७ का हाइस चालक भूमिराज महतो, लमजुङ मस्र्याङ्दी–९ का मोटरसाइकल चालक प्रविन भण्डारी, धादिङ सिद्धलेक–१ का मोटरसाइकल चालक सञ्जय सिलवाल र सिद्धलेक–२ का बस चालक तोप बहादुर थापा पनि पक्राउ परेका छन् ।

No data was found

पक्राउ परेका सबै चालकहरूलाई लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम हिरासतमा राखी आवश्यक अनुसन्धान तथा कानूनी कारबाही अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक दाहालले जानकारी दिनुभयो । धादिङ जिल्ला भित्र चालु महिनामा मात्रै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ३० जना चालकहरूलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइसकेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले सम्पूर्ण चालकहरूलाई जिम्मेवार नागरिक बन्न र कानून विपरीतका लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेर सवारी साधन नलगाउन अनुरोध गर्दै आउको छ । यात्राका क्रममा कसैले लापरवाही गरेको वा लापसे गरेको शंका लागेमा तुरुन्तै प्रहरीलाई खबर गर्न पनि अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बाढीले नुवाकोटबाट करिब ३ सय बेपत्ता, ११ जनाको शव फेला, ८ सय घरमा क्षति

बाढीले फुर्केखोला पुल बगाएपछि धादिङबेसीसँगको यातायात सम्पर्क विच्छेद, अन्य चार वटा पुल पनि बगायो

त्रिशूलीमा आएको बाढीपछि धादिङका विभिन्न स्थानबाट १६ जनाको शव फेला, तीन जनाको जीवितै उद्धार

सम्पर्कविहीन मध्ये प्रकास लम्सालले फोनमा भनेका थिए– हामी बाढीमा फस्यौं, बालबच्चा हेरिदिनू भन्दाभन्दै फोन काटियो..

पुल बगाएपछिको मलेखु र बिहानी पम्प आसपासको अवस्था (फोटोकथा)

यो पनि पढ्नुहोस
पाविलन्युज