वैदेशिक रोजगारीः लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ
राष्ट्रिय समाचार समिति

असार १७, २०८३

काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगेकोे अभियोगमा पाँच जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समचारकक्षका अनुसार सिन्धुपाल्चोकका वाङ्दी लामा, रामेछापका ललितबहादुर तामाङ, धादिङकी सन्तोषी लामा, चन्द्रागिरि नगरपालिका–८ की रामदास महर्जन र काठमाडौं महानगरपालिका–१५ निवासी सरिब गिरीलाई पक्राउ गरिएको हो ।

अभियुक्त वाङ्दीले अजरबैजान पठाइदिन्छु भन्दै एकजनाबाट रु ५० हजार, ललितबहादुरले कोसोभो पठाइदिने भनेर रु दुई लाख ५० हजार, सन्तोषीले स्पेन पठाउने बहानामा एक जनाबाट रु १५ लाख, रामदासले युएईको रोजगारीको प्रलोभनमा सात जनाबाट रु ४५ लाख र सरिबले क्यानडाको लोभ देखाएर एक जनाबाट रु २० लाख ठगेका थिए ।

No data was found

उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट भएको प्रहरी टोलीले विभिन्न स्थानबाट हालै पक्राउ गरेको हो । कारबाहीका लागि सबै अभियुक्तलाई वैदेशिक रोजगार विभाग पुर्याइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘सुशासनसँगै प्रदेशको विकासमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ’

प्रतिनिधिसभाः शून्य समय सांसदद्वारा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

कीर्तिपुरमा बाघभैरव जात्रा

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

सङ्क्रामक पशुरोग नियन्त्रण विधेयक विधायन व्यवस्थापन समितिमा

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति