फिफा विश्वकप २०२६ स् बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश
राष्ट्रिय समाचार समिति

असार १८, २०८३

काठमाडौँ। बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्दै अमेरिका फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

सान फ्रान्सिस्को बे एरिया स्टेडियममा आज भएको खेलमा अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

अमेरिकाको जितमा फोलारिन बालोगुन र मलिक टिलम्यानले समान एक एक गोल गरे । खेलको ४५औँ मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई पहिलो अग्रता दिलाए ।

त्यसपछि खेलको ६४ औँ मिनेटमा फोलारिन बालोगुनले रातो कार्ड खाँदै मैदान बाहिरिएपछि अमेरिका १० खेलाडीमा सीमित बनेको थियो । त्यसपछि पनि अमेरिकाले खेलको ८२औँ मिनेटमा अर्को गोल थप्यो । उसका लागि टिलम्यानले गोल गरे ।

गए राति भएको अर्को खेलमा बेल्जियमले सेनेगललाई ३–२ गोलले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा पुगेका थियो । अब विश्वकपको अन्तिम १६ को खेलमा अमेरिकाले बेल्जियमसँग खेल्नेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

तपोवनमा ‘अष्टावक्र महागीतामृत’ लोकार्पण

उपाध्यक्ष पौडेललाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

गम्भीर विषयमा सरल प्रस्तुति ‘गौँथली’

अनुमति बिना स्टिकरको प्रयोग निषेध

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति