ठगीको अभियोगमा एक जना पक्राउ
राष्ट्रिय समाचार समिति

असार १९, २०८३

काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भारतीय नागरिक सञ्जयकुमार पक्राउ परेका छन् ।

अभियुक्त एक जना बेरोजगारबाट रु नौ लाख ८० हजार लिएर सम्पर्कविहीन भएका थिए । निजविरुद्ध पीडितको उजुरीपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले उनलाई काठमाडौँ महानगरपालिका–१६ बाट गत बुधबार पक्राउ गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘सुशासनसँगै प्रदेशको विकासमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ’

प्रतिनिधिसभाः शून्य समय सांसदद्वारा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

कीर्तिपुरमा बाघभैरव जात्रा

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

सङ्क्रामक पशुरोग नियन्त्रण विधेयक विधायन व्यवस्थापन समितिमा

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति