किस्ट अस्पतालद्वारा मेदान्तासँगको सहकार्यमा विशेषज्ञ स्वास्थ्य सेवा दिइँदै

राष्ट्रिय समाचार समिति

मंसिर १२, २०८३

ललितपुर। ग्वार्कोस्थित किस्ट अस्पतालले भारतको मेदान्तासँगको सहकार्यमा नेपालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न लागेको छ ।
उक्त अस्पताल र भारतको मेदान्ता–गुरुग्रामबीच चिकित्सकीय सहकार्यको एक वर्ष पूरा भएको अवसरमा आज यहाँ आयोजित ‘क्लिनिको–सर्जिकल एक्सिलेन्स इन कोलाबरेसन’ मा उपचारका नविनतम पद्धति र प्रविधिका बारे भएको समीक्षामा सो जानकारी दिइएको हो ।
कार्यक्रममा भारतको मेदान्ता ग्रुप अफ हस्पिटलका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा नरेश त्रेहानले किस्ट अस्पतालमार्फत मुटु र छातीसम्बन्धी शल्य चिकित्साका आधुनिक प्रविधि, उपचार पद्धति र पछिल्ला उपलब्धिबारे ज्ञान, सीप तथा अनुभव आदानप्रदान गरिने जानकारी दिनुभयो ।
स्वास्थ्य सेवामा कृत्रिम बौद्धिकता (एआई) र आधुनिक प्रविधिको प्रयोगले उपचार पद्धतिमा महत्वपूर्ण परिवर्तन ल्याएको जनाउँदै उहाँले एआई चिकित्सकको विकल्प नभई रोग पहिचान, उपचार योजना, शल्यक्रियाको तयारी र उपचार प्रक्रियालाई प्रभावकारी बनाउने महत्वपूर्ण औजार भएको उल्लेख गर्नुभयो ।
त्यस अवसरमा मेदान्ता इन्स्टिच्युट अफ चेस्ट सर्जरीका अध्यक्ष डा अरविन्द कुमारले छाती शल्य चिकित्सासम्बन्धी आधुनिक प्रविधि र उपचार पद्धतिबारे प्रस्तुति दिनुभयो ।
किस्ट शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा अभिषेक थापाले मेदान्तासँगको सहकार्यले नेपालको स्वास्थ्य सेवालाई थप गुणस्तरीय, आधुनिक र प्रविधिमैत्री बनाउन सहयोग पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालले पहिलो बाल कलेजो प्रत्यारोपण गर्न सफल भएको छ । अस्पतालले आगामी दिनमा मेदान्ताको प्राविधिक तथा शैक्षिक सहयोगमा मुटु–फोक्सो प्रत्यारोपणको सेवा विस्तार गर्न लागेको जानकारी दिइयो । दुवै अस्पतालबीच स्वास्थ्य सेवाका क्षेत्रमा हुने  सहकार्यले जटिल स्वास्थ्य समस्याको उपचारका लागि विशेषज्ञ परामर्श लिन भारत जानुपर्ने बाध्यता, समय र खर्च न्यूनीकरणमा सहयोग पुग्ने अस्पतालको भनाइ छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक

किस्ट अस्पतालद्वारा मेदान्तासँगको सहकार्यमा विशेषज्ञ स्वास्थ्य सेवा दिइँदै

जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने

‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित

सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति