कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश
राष्ट्रिय समाचार समिति

असार २०, २०८३

काठमाडौँ । कोलम्बिया फिफा विश्वकप(२०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी खेलमैदानमा आज भएको खेलमा कोलम्बियाले घानालाई १–० गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो ।

कोलम्बियाको जितमा जोन एरियासले निर्णायक गोल गरे । उनले खेलको १४औँ मिनेटमा लुइस स्वारेजको पासमा गरेको एक गोल नै कोलम्बियाका लागि निर्णायक सावित भयो । अब कोलम्बियाले क्वाटरफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डसँग खेल्नेछ ।

यस खेलसँगै विश्वकपको अन्तिम १६ मा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ । जसमा अर्जेन्टिना, अमेरिका, क्यानडा, मोरक्को, पाराग्वे, फ्रान्स, ब्राजिल, नर्वे, मेक्सिको, इङ्ग्ल्यान्ड, पोर्चुगल, स्पेन, बेल्जियम, इजिप्ट, स्विट्जरल्यान्ड र कोलम्बिया रहेका छ्न् ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

एलआरआई स्कुलद्वारा गजुरीको क्याम्पसमा ५ लाखको अक्षयकोष स्थापना

भोटेकोशीको बाढीमा परेका १११३ जनाको शव भेटियो, ४८५८ जना सम्पर्कविहीन

रूस–युक्रेन युद्धका कारण हवाई सुरक्षामा चुनौती बढ्न सक्ने : जेलेन्स्की

‘सेतै फुलेको बुढोलाई सहयोग गर्न मलाई सम्पर्क गर्नुहोस्’ भन्दै भिडियो खिच्नेले भेट्यो बाढी प्रभावितको झापड !

उद्धार, राहत र पुनस्स्थापनाका लागि धादिङका १३ वटै स्थानीय तहले संयुक्त राहत कोष स्थापना गर्ने

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति