ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश
राष्ट्रिय समाचार समिति

असार २२, २०८३

काठमाडौँ ।  एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको न्युयोर्क न्युजर्सी स्टेडियममा आज भएको खेलमा नर्वेले ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

नर्वेको जितमा दुवै गोल हालान्डले गरे । उनले खेलको दोस्रो हाफको अन्तिम ११ मिनेटमा दुई गोल गरेका थिए । खेलको ७९औँ मिनेटमा हालान्डले नर्वेका लागि पहिलो गोल गरेका थिए । आन्द्रेस सेलड्रुपको पासमा हालान्डले गोल गरेका हुन् । त्यस्तै उनले खेलको ९०औँ मिनेटमा दोस्रो गोल गरे ।

No data was found

त्यसैगरी, ब्राजिलका लागि नेइमारले खेलको दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत एक गोल फर्काएका थिए । यस हारसँगै ब्राजिल विश्वकपबाट बाहिरिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

एलआरआई स्कुलद्वारा गजुरीको क्याम्पसमा ५ लाखको अक्षयकोष स्थापना

भोटेकोशीको बाढीमा परेका १११३ जनाको शव भेटियो, ४८५८ जना सम्पर्कविहीन

रूस–युक्रेन युद्धका कारण हवाई सुरक्षामा चुनौती बढ्न सक्ने : जेलेन्स्की

‘सेतै फुलेको बुढोलाई सहयोग गर्न मलाई सम्पर्क गर्नुहोस्’ भन्दै भिडियो खिच्नेले भेट्यो बाढी प्रभावितको झापड !

उद्धार, राहत र पुनस्स्थापनाका लागि धादिङका १३ वटै स्थानीय तहले संयुक्त राहत कोष स्थापना गर्ने

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति