पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा
राष्ट्रिय समाचार समिति

असार २३, २०८३

काठमाडौँ।  फिफा विश्वकपको राउन्ड अफ(१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १(० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।
अमेरिकाको डलास खेलमैदानमा भएको खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा जाने सङ्केत देखिएको थियो । तर खेलको दोस्रो हाफको अतिरिक्त समयमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई महत्वपूर्ण जित दिलाए ।
यो जितसँगै स्पेन विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ भने पोर्चुगलको उपाधि यात्रा राउन्ड अफ(१६ मै समाप्त भएको छ । यसैबीच, स्पेन १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । यसअघि सन् २०१० मा विश्वकप च्याम्पियन बनेको स्पेन त्यसयता क्वाटरफाइनलमा पुग्न सकेको थिएन । अन्तिम समयमा विजयी स्पेन विजयी भएसँगै पोर्चुगल विश्वकपबाट बाहिरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

नीलकण्ठ नगरपालिकाद्धारा पन्चेबाजासहित सामाग्री वितरण

सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : मन्त्री खनाल

जलविद्युतको मागभन्दा उत्पादन बढी छ : ऊर्जामन्त्री श्रेष्ठ

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति