अर्जेन्टिनाको रोमाञ्चक जित
राष्ट्रिय समाचार समिति

असार २४, २०८३

काठमाडौँ।  इजिप्टलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना ‘फिफा विश्वकप–२०२६’ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको एटलान्टा स्टेडियममा आज  भएको खेलमा इजिप्टलाई ३–२ ले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनलम प्रवेश गरेको हो । खेलमा पहिलो अग्रता भने इजिप्टले लिएको थियो । खेलको  १५औँ मिनेटमा यासेर इब्राहिमको गोलबाट इजिप्टले पहिलो अग्रता लिएको थियो ।
खेलको ६७औँ मिनेटमा मुस्तफा जिकोले गोल थप्दै इजिप्टलाई २–० को बलियो अवस्थामा पु¥याए । त्यसपछि अर्जेन्टिनाले शानदार पुनरागमन गर्यो । क्रिस्टियन रोमेरोले खेलको ७९औँ मिनेटमा गोल गर्दै अन्तर घटाए भने लियोनेल मेस्सीले खेलको ८३औँ मिनेटमा बराबरी गोल गरे ।
त्यसपछि खेल दोस्रो हाफको अतिरिक्त समयमा पुगेपछि एन्जो फर्नान्डेजले ९०ं३ औँ मिनेटमा निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३–२ को जित दिलाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

एलआरआई स्कुलद्वारा गजुरीको क्याम्पसमा ५ लाखको अक्षयकोष स्थापना

भोटेकोशीको बाढीमा परेका १११३ जनाको शव भेटियो, ४८५८ जना सम्पर्कविहीन

रूस–युक्रेन युद्धका कारण हवाई सुरक्षामा चुनौती बढ्न सक्ने : जेलेन्स्की

‘सेतै फुलेको बुढोलाई सहयोग गर्न मलाई सम्पर्क गर्नुहोस्’ भन्दै भिडियो खिच्नेले भेट्यो बाढी प्रभावितको झापड !

उद्धार, राहत र पुनस्स्थापनाका लागि धादिङका १३ वटै स्थानीय तहले संयुक्त राहत कोष स्थापना गर्ने

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति