धादिङमा वन पैदावार चोरी–निकासी घट्दो, संरक्षणमा सुधार
गंगा सुनार

असार २५, २०८३

धादिङ । धादिङ जिल्लामा वन पैदावारको अवैध चोरी–निकासी र ओसारपसारका घटनामा वर्षैपिच्छे उल्लेखनीय कमी आएको छ । स्थानीय नागरिकमा बढेको सचेतना, डिभिजन वन कार्यालयको सक्रियता र निर्माण क्षेत्रमा आएको आधुनिकताका कारण वन संरक्षणमा सकारात्मक सुधार देखिएको हो ।

डिभिजन वन कार्यालय धादिङको तथ्यांक अनुसार, विगतका वर्षहरूको तुलनामा चालु आर्थिक वर्षमा वन अपराध सम्बन्धी निकै कम मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा १० वटा र आर्थिक वर्ष २०८१/०८२ मा ६ वटा मुद्दा दर्ता भएकोमा चालु आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा यो संख्या घटेर मात्र ३ मा सीमित भएको छ ।

वन पैदावारको अवैध माग र ओसारपसार घट्नुमा बहुआयामिक कारणहरू देखिएका छन् । वन क्षेत्रको नियमित गस्ती र स्थानीय समुदायको सक्रियताका कारण पनि चोरी–निकासी नियन्त्रणमा आएको डिभिजनल वन अधिकृत रोशना पोखरेलले बताउनुभयो ।

No data was found

पछिल्लो समय घर तथा आवास निर्माणमा परम्परागत काठको सट्टा आल्मुनियम, फलामे डन्डी जस्ता आधुनिक र वैकल्पिक सामग्रीको प्रयोगले वन पैदावारको अवैध माग र ओसारपसार पनि घटेको डिभिजन वन कार्यालय धादिङका वन अधिकृत एवं सूचना अधिकारी दीपकप्रसाद पुडासैनीले जानकारी दिनुभयो ।

ग्रामीण क्षेत्रबाट भएको बसाइँसराइ र वन्यजन्तुको चहलपहलका कारण पनि मानिसहरू अनावश्यक रूपमा वन क्षेत्रमा प्रवेश गर्ने क्रम घटेको हो । वैकल्पिक ऊर्जाको प्रयोग र काठको विकल्पमा आधुनिक सामग्रीको आकर्षणले गर्दा वन क्षेत्रको हैसियत सुधारिनुका साथै वन्यजन्तुको प्राकृतिक वासस्थान संरक्षणमा समेत टेवा पुगेको वन अधिकृतहरुको भनाई छ ।

चालु आर्थिक वर्षमा वन पैदावार अवैध ओसारपसारमा संलग्न ७ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये दुई जनाको मुद्दा फैसला भइसकेको, दुई जना अनुसन्धानको प्रक्रियामा रहेको र अन्य दुई जना तारेखमा रहेको वन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘सुशासनसँगै प्रदेशको विकासमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ’

प्रतिनिधिसभाः शून्य समय सांसदद्वारा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

कीर्तिपुरमा बाघभैरव जात्रा

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

सङ्क्रामक पशुरोग नियन्त्रण विधेयक विधायन व्यवस्थापन समितिमा

यो पनि पढ्नुहोस
गंगा सुनार