प्रहरी महानिरीक्षकद्वय कार्की र पौडेल स्वदेश फिर्ता
राष्ट्रिय समाचार समिति

असार ३१, २०८३

काठमाडौँ। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेल पाँचौँ संयुक्त राष्ट्रसङ्घीय प्रहरी प्रमुखको शिखर सम्मेलनमा भाग लिई आज स्वदेश फर्कनुभएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उहाँहरूलाई दुवै सुरक्षा सङ्गठनका प्रहरी अतिरिक्त महानिरीक्षक र नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले स्वागत गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय न्युयोर्कमा यही असार २३ देखि २४ गतेसम्म उक्त सम्मेलन भएको थियो । सम्मेलनमा संयुक्त राष्ट्रसङ्घ र प्रहरी सङ्गठनबीचको सम्बन्ध, नयाँ प्रविधिको उपयोग, अन्तरराष्ट्रिय सहयोग, सङ्गठनमा लैङ्गिक उत्तरदायित्व, भाषा र प्रशिक्षण तथा उच्चस्तरीय सञ्जाल निर्माणलगायतका विषयमा छलफल भएको जनाइएको छ ।

No data was found

सम्मेलनका क्रममा न्युर्योक रहँदा महानिरीक्षकद्वय कार्की र पौडेलले संयुक्त राष्ट्रसङ्घ तथा विभिन्न राष्ट्रका उच्चपदस्थ अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । उक्त सम्मेलनमा भाग लिन उहाँहरू यही असार २१ गते त्यसतर्फ जानुभएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ

उपराष्ट्रपति यादवबाट कतारका अमिरसमक्ष समवेदना पत्र हस्तान्तरण

श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ अनुमोदित

किसानलाई सावधानी अपनाउन आग्रह

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति