अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

राष्ट्रिय समाचार समिति

असार ३२, २०८३

काठमाडौँ।  इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को फाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले इङल्यान्डलाई २–१ गोलले हराउँदै फाइनल यात्रा तय गरेको हो । अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा पुगेको छ । यसअघि अघिल्लो संस्करणमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै विश्वकप उपाधि जितेको थियो ।
खेलको सुरुआती अग्रता भने इङल्यान्डले लिएको थियो । खेलको ५५औँ मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै इङल्यान्डलाई अघि बढाएका थिए । तर ८५औँ मिनेटमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजले गोल गर्दै खेल बराबरीमा ल्याए ।
अतिरिक्त समयको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ को जित दिलाए । यससँगै अर्जेन्टिनाले विश्वकप फाइनलमा स्थान पक्का गरेको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

अन्तर्राष्ट्रिय धादिङ समाजले गर्यो धादिङका छ पत्रकारलाई सम्मान

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

मेयर ढुंगानालाई सांसद श्रेष्ठको प्रतिप्रश्न : अरु सरकार सबै फेल भैसकेको होर ?

संघीय सरकारले हात उठाओस् मलेखुमा हामी ‘फेरी’ बनाएर गाडी तार्छौंः अध्यक्ष ढुंगाना

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति