पहिरोले थुनियो पोखराको सेती नदी
पाविलन्युज

साउन ३, २०८३

पोखरा । निरन्तरको वर्षापछि खसेको पहिरोले पोखराको सेती नदी आंशिक रूपमा थुनिएको छ। पोखरा महानगरपालिका–१५ र १७ को सीमास्थित रातोपहिरो क्षेत्रमा नदी कटानका कारण खसेको पहिरोले नदीको बहाव अवरुद्ध गरेको हो।

घटनापछि कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्की, पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङलगायतको टोली आइतबार बिहान घटनास्थल पुगेर स्थलगत निरीक्षण गरेको छ।

पोखरा महानगरपालिकाकी उपप्रमुख गुरुङका अनुसार पहिरोका कारण नदीको पानी पूर्ण रूपमा निकास हुन सकेको छैन। यसले गर्दा पहिरोभन्दा माथिल्लो क्षेत्रमा पानीको सतह करिब ५० मिटरसम्म बढेको छ।

No data was found

प्रशासनले नदी आसपासका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै पहिरो र नदीको अवस्थाको निरन्तर निगरानी भइरहेको जनाएको छ। सम्बन्धित निकायले थप जोखिम हुन नदिन आवश्यक तयारी र उद्धार संयन्त्रलाई समेत सतर्क अवस्थामा राखेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

भ्युजका लागि गुरु–शिष्य सम्बन्धको गरिमा बेच्ने प्रवृत्ति ?

देशको आर्थिक विकासमा पुँजी बजारको महत्त्वपूर्ण भूमिका : प्रधानमन्त्री शाह

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने

एक वर्षमा जङ्गली जनावरको आक्रमणबाट पाँच जनाको मृत्यु

यो पनि पढ्नुहोस
पाविलन्युज