काठमाडौँ। चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डाबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ ।
सशस्त्र प्रहरी बलले कीर्तिपुर नगरपालिका–९ पागादोबाटो बस्ने ३९ वर्षीय अनिल देउला र उदयपुरको गाईघाट घर भई हाल चन्द्रागिरि नगरपालिका–४ नैकाप बस्ने २४ वर्षीया सुमित्रा राईलाई आज नियन्त्रणमा लिएको हो ।
देउलाले लागुऔषध कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपालको टोलीले १५ हजार क्याप्सुल ट्रामाडोलसहित उनीहरूलाई नियन्त्रणमा लिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । देउलाको कोठाबाट डाइजापम तथा फेरेनागन ट्याब्लेट एक हजार १८८ वटा, ट्रामाडोल तीन हजार ७७० वटा र पोलेन १५० वटासहित सुमित्रा राईलाई नियन्त्रणमा लिइएको हो । उनीहरूलाई आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सहप्रवक्ता थापाले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0