गत वर्ष ११ हजार ४६८ मुद्दा फछ्र्योट
राष्ट्रिय समाचार समिति

साउन ४, २०८३

काठमाडौँ। उच्च अदालत पाटनले गत आर्थिक वर्ष (२०८२-०८३) मा ११ हजार ४६८ मुद्दा फछ्र्योट गरेको छ ।

अदालतमा कूल लगत १६ हजार १३९ मुद्दा रहेकामा ११ हजार ४६८ मुद्दा फछ्र्योट भएको हो ।

न्यायालयले दुई वर्ष नाघेका र १८ महिना नाघेका मुद्दा शून्यमा झार्न सफल भएको छ । त्यस्तै, एक वर्ष नाघेका ३५३ रहेका छन् ।

No data was found

मुख्य न्यायाधीश लालबहादुर कुँवरले न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाअनुसार १८ वर्षमुनिका मुद्दा शून्यमा झार्न सफल भएको जिकिर गर्नुभयो ।

“विकास निर्माण र राजस्व असुलीका मुद्दालाई विशेष प्राथमिकता दिएका छौँ”, उहाँले भन्नुभयो ।”

उच्च अदालत पाटनले चालु आर्थिक वर्षमा ७४० थान मुद्दा फछ्र्योट गरेको र एक वर्ष नाघेका थुनुवा मुद्दा १२ थान बाँकी रहेको जनाएको छ ।

मातहतका जिल्लामा सिन्धुपाल्चोकले ७७.४, रसुवाले ७५.६ र जिल्ला अदालत काठमाडौँले सबैभन्दा कम ४२.३ प्रतिशत मुद्दा फछ्र्योट गरेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

केही स्थानमा भारी वर्षाको सम्भावना

भ्युजका लागि गुरु–शिष्य सम्बन्धको गरिमा बेच्ने प्रवृत्ति ?

देशको आर्थिक विकासमा पुँजी बजारको महत्त्वपूर्ण भूमिका : प्रधानमन्त्री शाह

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति