काठमाडौँ। जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष २०८२÷८३ मा २६ हजार ४४५ मुद्दा फैसला गर्न सकेन ।
सो आर्थिक वर्षमा कुल ४६ हजार २७७ थान मुद्दा दर्ता भएकामध्ये १९ हजार ८३२ थान मुद्दा फैसला भएका थिए ।
गत भदौ २४ गतेको जेनजी आन्दोलनका कारण अदालतमा रहेका मिसिलमा ठूलो क्षति पुग्न गएकाले मुद्दा फैसला गर्न ढिलाइ भएको जिल्ला अदालत काठमाडौँका प्रमुख न्यायाधीश चुडामणि खड्काले राससलाई जानकारी दिनुभयो ।
दुई हजार २३० थान मुद्दा जलेकामा १९० थान मुद्दा फेला पार्न बाँकी रहेको छ । अदालतमा गत मङ्सिर १४ गतेबाट नियमति सुनुवाइ भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0