वैदेशिक रोजगारीः ठगीको अभियोगमा चार जना पक्राउ
राष्ट्रिय समाचार समिति

साउन ६, २०८३

काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिने भन्दै रु ३२ लाख ३८ हजार ठगेको अभियोगमा चार जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–१७ की ३२ वर्षीया पूजा शाही, सप्तरीको बोदेबरसाइन नगरपालिका–३ का २० वर्षीय दीपक साह,सर्लाहीको बसबरिया गाउँपालिका–३ का ४१ वर्षीय जयमङ्गलप्रसाद निसाद तथा रामेछापको मन्थली नगरपालिका–३ की ३७ वर्षीया मिना श्रेष्ठलाई ठगीको अभियोगमा मङ्गलबार पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पूजाले बेलायत पठाइदिने भन्दै एक जनाबाट रु १७ लाख, दीपकले फ्रान्स पठाइदिने प्रलोभनमा एक जनाबाट रु पाँच लाख, जयमङ्गलले ब्रुनाई पठाइदिने भनेर एक जनाबाट रु चार लाख ३८ हजार तथा मीनाले संयुक्त अरब इमिरेट्स (युएई) पठाइदिने नाममा एक जनाबाट रु छ लाख ठगेका थिए ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता

शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

सौर्य ऊर्जा र विद्युत् भण्डारण गर्न नयाँ प्रविधि सार्वजनिक

वैदेशिक रोजगारीः ठगीको अभियोगमा चार जना पक्राउ

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति