काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्की सङ्गठित अपराधसम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कनुभएको छ ।
सङ्घीय अनुसन्धान ब्युरो (एफबिआइ) र रोयल थाई पुलिसको आयोजनामा थाइल्याण्डको बैंककमा यही साउन ४ र ५ गते सो सम्मेलन भएको थियो ।
उक्त सम्मेलनमा अन्तरराष्ट्रिय सङ्गठित अपराध, साइबर ठगी तथा सीमापार अपराध नियन्त्रणका लागि विश्वव्यापी सहकार्य, सूचना आदानप्रदान तथा प्रभावकारी अन्तरराष्ट्रिय समन्वयको अपरिहार्यताका विषयमा बृहत् छलफल भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0