विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
राष्ट्रिय समाचार समिति

साउन ७, २०८३

काठमाडौँ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । भारतको मणिपुर घरका २० वर्षीया मोनादेवी ह्लाजोम र २३ वर्षीया ओनियम एली आज गाँजासहित पक्राउ परेका हुन् ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचरबाट खटिएको प्रहरीले थाई एयरवेजको उडानद्वारा बैङ्ककबाट काठमाडौँ आएका उनीहरूको ‘सुटकेस’ तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

यसैबीच, नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३३ जना पक्राउ गरेको छ । प्रहरी समाचार कक्षका अनुसार बाँकेबाट छ, जुम्ला, मोरङ, कञ्चनपुर, चितवन र दाङबाट तीन÷तीन, रुपन्देही र काठमाडौँबाट दुई-दुई, सुर्खेत, बर्दिया, कैलाली, सर्लाही, भक्तपुर, बारा, सल्यान र सुनसरीबाट एक-एक जना पक्राउ परेका छन् ।

No data was found

प्रहरीले उनीहरुको साथबाट लागुऔषध खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइन ट्रामाडोल, भोमिन र एनारगन बरादम गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

वरिष्ठ पत्रकार गुरागाईं र श्रेष्ठ पुरस्कृत

नेप्से परिसूचक १४ दशमलव १७ अङ्कले बढ्यो

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

चलचित्रकर्मी र सञ्चारमन्त्रीबीच चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो स् अध्यक्ष ओली

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति