धादिङमा एक वर्षमा ८४३ किलो गाँजासहित ७० जना पक्राउ
पाविलन्युज

साउन ९, २०८३

धादिङ । पृथ्वी राजमार्ग तथा आसपासका पहाडी मार्गलाई मुख्य केन्द्र बनाएर भइरहेको लागूऔषधको अवैध ओसारपसार, खरिद–बिक्री र वितरणविरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङले सञ्चालन गरेको विशेष अभियान प्रभावकारी बनेको छ ।

आर्थिक वर्ष २०८२/८३ को एक वर्षको अवधिमा प्रहरीले आठ सय ४३ किलोभन्दा बढी गाँजासहित ठूलो परिमाणमा विभिन्न प्रकारका लागूऔषध बरामद गरी ७० जनालाई पक्राउ गरेको छ । विशेष सुराकी परिचालन, चौबीसै घण्टा निगरानी तथा पृथ्वी राजमार्ग केन्द्रित सघन जाँचका क्रममा आठ सय ४३ किलो चार सय ३५ ग्राम गाँजा, दुई किलो नौ सय ८८ ग्राम चरेश, ५५ किलो पाँच सय ग्राम अफिम, १४ ग्राम आठ सय ९० मिलिग्राम खैरो हेरोइन ९ब्राउन सुगर० र ७८ हजार ४०८ क्याप्सुल प्रतिबन्धित ट्रामाडोल बरामद गरिएको छ ।

लागूऔषध कारोबारीहरूले प्रहरीको निगरानी छल्न अत्यावश्यक सेवामा प्रयोग हुने एम्बुलेन्सदेखि भारतीय नम्बर प्लेटका मालवाहक ट्रकसम्म प्रयोग गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले बताउनुभयो । नियन्त्रण अभियानका क्रममा ओसारपसारमा प्रयोग भएका चार वटा मोटरसाइकल, एक स्कुटर, एक एम्बुलेन्स, एक अटो, एक मिनी ट्रक र एक भारतीय नम्बरको ठूलो ट्रक नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी नायव उपरीक्षक दाहालले जानकारी दिनुभयो ।

No data was found

धादिङका दुर्गम क्षेत्रबाट संकलन गरिएको गाँजा तथा अफिम काठमाडौँ उपत्यका हुँदै भारतीय बजारसम्म पु¥याउने सञ्जालमाथि प्रहरीले निरन्तर निगरानी बढाएको छ । साथै भारतबाट अवैध रूपमा भित्रिने ट्रामाडोल, डाइजापाम, नाइट्राभेट लगायतका नियन्त्रित औषधिहरू पृथ्वी राजमार्ग हुँदै विभिन्न स्थानमा लैजाने क्रममा जोगीमारा, खानीखोला, गजुरी र मलेखु क्षेत्रमा जाँचका क्रममा बरामद गरिएको प्रहरीको भनाइ छ ।

लागूऔषध नियन्त्रण अभियानका क्रममा पक्राउ परेका ७० जना विरुद्ध लागूऔषध ९नियन्त्रण० ऐन, २०३३ अनुसार मुद्दा दर्ता गरी जिल्ला अदालत धादिङबाट म्याद थप गरेर अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको प्रहरी नायव उपरीक्षक दाहालले जानकारी दिनुभयो । प्रहरीले लागूऔषधको उत्पादन, ओसारपसार, बिक्री–वितरण र प्रयोगविरुद्ध ‘शून्य सहनशीलता’ को नीति अपनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत विद्यालय, कलेज तथा स्थानीय समुदायमा लागूऔषधविरुद्ध सचेतनामूलक अभियानसमेत सञ्चालन गर्दै आएको छ । सीमा क्षेत्र तथा पृथ्वी राजमार्गका संवेदनशील स्थानहरूमा सादा पोसाकका प्रहरी टोलीसमेत परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

साउन ११ अर्थात सोमबारबाट नागढुंगा सुरुङ सञ्चालन हुँदै

एमाले र नेकपाबीच प्रदेशमा सहकार्य गर्ने सहमति

धादिङमा एक वर्षमा ८४३ किलो गाँजासहित ७० जना पक्राउ

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

साढे ७ लाख घुससहित क्वार्टरबाटै पक्राउ परे सिँचाई विकास डिभिजन कार्यालयका प्रमुख

यो पनि पढ्नुहोस
पाविलन्युज